नवलपुर। गएराती परेको पानीका कारण सडक भासिदा नवलपरासीबाट नारायणगढ तर्फ जाँदै गरेको लु १ ख ८५१३ नं. को बसले अचानक ब्रेक लगाउने क्रममा बस भित्र रहेका यात्रुहरू हुत्तिएर बसभित्रै ठोक्किँदा ८ जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका ७ सहित ८ जना घाइते भएका हुन् । दुर्घटनामा सरावल २ बस्ने ४० वर्षीया कुन्तीदेवी चौधरी, सोही ठाउँका ७० वर्षीया चम्पा थारु, ५७ वर्षकी देवकी चौधरी, ७५ वर्षका कलेसी थारु, ६५ वर्षकी गर्भीदेवी थरुनी, ६७ वर्षका भेषनारायण थारु, ५६ वर्षकी कान्तिदेवी थरुनी र बर्दघाट नगरपालिका १२ की ४३ वर्षीया सन्जीदेवी थरुनी घाइते भएको नवलपुर प्रहरीले जनाएकाे छ । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत