काठमाडौँ । सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशलाई अन्तिम रूप दिन आज पनि कार्यदलको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्रीसहित कार्यदल सदस्य र कांग्रेस नेताहरूबिचको छलफलमा समितिको कार्यादेशमा लगभग सहमति बनेको तर अन्तिम रूप दिन बाँकी रहेको कानुन मन्त्री पदम गिरीले बताए ।
उनका अनुसार आज बिहान ११ बजे बस्ने कार्यदलको बैठकले सहमतिलाई अन्तिम रूप दिने छ । मन्त्री गिरीले कार्यादेशलाई अन्तिम रूप दिएर हस्ताक्षर गरेपछि आजबाटै संसद्को अवरोध समेत खुल्ने बताए । कांग्रेस नेताहरूले पनि कार्यादेशबारे आज सहमति जुट्ने विश्वास व्यक्त गर्दै आएका छन् ।
गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै नेपाली काँग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । समिति गठन गर्न दलहरू यसअघि नै सहमत भए पनि समितिको टीओआर के हुने भन्नेमा विवाद थियो ।
समितिको कार्यादेशमा रवि लामिछाने र उनी सम्बद्ध कम्पनीको नाम समेत लेख्नुपर्ने अडान कांग्रेसको थियो भने सत्तापक्षले त्यसमा विमति राख्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, ०६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यदल र उच्चस्तरीय संयन्त्रको छुट्टाछुट्टै बैठक आह्वान
मधेश केन्द्रित गठीत कार्यदलकाे बैठक बस्दै
मधेस केन्द्रित दलसँग मोर्चाबन्दीका लागि जनमतले गर्यो कार्यदल गठन
आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन स्वास्थ्य मन्त्रीलाई कार्यदलको सुझाव