काठमाडौँ । सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशलाई अन्तिम रूप दिन आज पनि कार्यदलको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्रीसहित कार्यदल सदस्य र कांग्रेस नेताहरूबिचको छलफलमा समितिको कार्यादेशमा लगभग सहमति बनेको तर अन्तिम रूप दिन बाँकी रहेको कानुन मन्त्री पदम गिरीले बताए ।
उनका अनुसार आज बिहान ११ बजे बस्ने कार्यदलको बैठकले सहमतिलाई अन्तिम रूप दिने छ । मन्त्री गिरीले कार्यादेशलाई अन्तिम रूप दिएर हस्ताक्षर गरेपछि आजबाटै संसद्को अवरोध समेत खुल्ने बताए । कांग्रेस नेताहरूले पनि कार्यादेशबारे आज सहमति जुट्ने विश्वास व्यक्त गर्दै आएका छन् ।
गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै नेपाली काँग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । समिति गठन गर्न दलहरू यसअघि नै सहमत भए पनि समितिको टीओआर के हुने भन्नेमा विवाद थियो ।
समितिको कार्यादेशमा रवि लामिछाने र उनी सम्बद्ध कम्पनीको नाम समेत लेख्नुपर्ने अडान कांग्रेसको थियो भने सत्तापक्षले त्यसमा विमति राख्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ जेठ २०८१, ०६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु
संविधान संशोधन बहसपत्र तयारी कार्यदलले थाल्यो विज्ञहरूसँग छलफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक सम्पन्न
नेप्सेमा नकारात्मक सर्किटपछि ‘एक्सन’ मा अर्थमन्त्री, बनाए अध्ययन कार्यदल