एजेन्सी । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले रफाह नजिकैको शरणार्थी शिविरमा भएको विस्फोटमा ५० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ । मृत्यु हुनेमा महिला र बालबालिका रहेका छन् ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले उक्त क्षेत्रमा हमासको कम्पाउण्डलाई लक्षित गरी हवाई हमला गरेको पुष्टि गरेको छ। उसले घटनाको समीक्षा भइरहेको बताएको छ ।
अघिल्लो दिन हमासले रफाहबाट तेल अभिभतर्फ आठवटा रकेट प्रहार गरेको थियो, जुन जनवरीदेखि सहरमा पहिलो लामो दूरीको आक्रमण थियो ।
दक्षिणी गाजा पट्टीबाट प्राप्त भिडियोहरूले ठुलो विस्फोट र भीषण आगो जलिरहेको देखाउँदछ। हमासले इजरायली हवाई हमलाले विस्थापित प्यालेस्टाइनीहरूको लागि रफाहको उत्तर-पश्चिममा रहेको शिविर, सैन्य कारबाहीबाट टाढा एक निर्दिष्ट मानवीय सुरक्षित क्षेत्रमा, मा आक्रमण गरेको बताएको छ ।
संयुक्त राष्ट्रसंघले आक्रमण सुरु भएदेखि नै रफाहबाट ८ लाखभन्दा बढी प्यालेस्टाइनीहरू भागेको जनाएको छ । गाजाको अन्यत्र लडाइँबाट करिब १५ लाखले त्यहाँ आश्रय लिएका थिए ।
हमासको नेतृत्वमा बन्दुकधारीहरूले अक्टोबर ७ मा इजरायलमा हमला गरेपछि गाजामा इजरायलको सैन्य अभियान सुरु गरेको थियो । जसमा करिब १,२०० व्यक्तिको मृत्यु भयो भने २ सय ५२ जनालाई गाजामा बन्धक बनाएर लगिएको थियो ।
गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता इजरायली सैन्य कारबाहीमा करिब ३६,००० प्यालेस्टाइनी मारिएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १४ जेठ २०८१, ०६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ