काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० एसइई)को नतिजा असार दोस्रो साता भित्र प्रकाशन गर्ने तयारी गरेको छ । उत्तर पुस्तिका परीक्षणको काम चार दिन भित्र सकिने भएकोले अब नम्बर इन्ट्री गर्न मात्रै बाँकी रहेको बताइएको छ ।
विद्यार्थीको उत्तर पुस्तिका ५२ वटा परीक्षण केन्द्रमा पठाइएकोमा ३१ वटामा परीक्षण सकिएर नम्बर समेत आइसकेको बोर्डले जनाएको छ । असार १४ गतेसम्म नतिजा प्रकाशन गर्ने र विद्यार्थीको ग्रेड सिट साउनको पहिलो साता भित्रै विद्यालयमा पठाउने योजनाको साथ काम भइरहेको कार्यालयले काम गरिरहेको छ ।
अघिल्लो वर्ष असार २४ मा नतिजा सार्वजनिक भएकोमा यो पटक दुई साता अघि सार्वजनिक गर्ने गरी काम भइरहेको हो । कार्यालयले यसपालि एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरेर निकाल्दै छ ।
सैद्धान्तिक तर्फको ७५ अंकको परीक्षामा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अथार्त २७ अंक ल्याउनै पर्ने हुन्छ । विद्यार्थीले २७ अंक ल्याउन नसकेकोमा विद्यार्थीले पाउने ग्रेडसीटमा एनजी उल्लेख हुनेछ । एनजी उल्लेख हुनु भनेको विगतको श्रेणी छुट्टाएर गर्ने नतिजामा फेल भए सरह रहेको बोर्डले जनाएको छ । चैत १५ देखि सुरु भएको परीक्षामा नियमित तर्फ ४ लाख ६७ हजार विद्यार्थीले परीक्षा दिएका छन् । त्यस्तै २१ हजार विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा
एसइईको पूरक परीक्षा तालिका सार्वजनिक
एसइईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने
एसइई नतिजा प्रकाशनको अन्तिम तयारीमा परीक्षा बोर्ड, एक साताभित्र सार्वजनिक हुने
आन्दोलनरत शिक्षकले एसइईको उत्तरपुस्तिका परीक्षण नगर्ने
एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै