काठमाडौं। कोलम्बो– श्रीलङ्कामा शनिबार चलेको हावाहुरीले रुखहरू ढल्दा कम्तीमा सात जनाको मृत्यु भएको छ । हुरीसँगै शनिबार साँझ आएको बर्षा कारण सम्भावित डुवान र बाढीलाई मध्यनजर गर्दै कम्तीमा ५०० व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको विपद् व्यवस्थापन केन्द्र ९डीएमसी०का निर्देशक प्रदीप कोडिपिलीले जानकारी दिए ।
केन्द्रका निर्देशक कोडिपिलीले प्रतिकूल मौसमका कारण मुलुकभर ४२ हजार ६०४ जना प्रभावित भएको सञ्चारमाध्यमलाई बताए ।हुरीका कारण ढलेका रुख र भाँचिएका रुखका हाँगाले लागेर कम्तीमा सात जनाको मृत्यु भएको र तीन हजार १३७ घरमा क्षति पुगेको उनले बताए ।
श्रीलङ्काको मौसम विज्ञान विभागले आगामी दिनमा देशका केही भागमा वर्षा जारी रहने जनाएको छ ।पश्चिमी, सबारागामुवा, मध्य, उत्तर–पश्चिम र दक्षिणी प्रान्तका केही स्थानहरूमा मेघगर्जनसहित वर्षा हुनेछ ।
सबारागामुवा प्रान्त र नुवारा–इलिया जिल्लाका केही स्थानमा १०० मिलिमिटरभन्दा माथि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलङ्कामा बस दुर्घटना : २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर घाइते
बाँदरका कारण श्रीलङ्कामा देशभरमा काटियो बिजुली
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
श्रीलङ्काको नयाँ नेतृत्व मुद्राकोषको कर्जा सहयोग कार्यक्रम अघि बढाउन सहमत
श्रीलङ्कामा मतदानपछि सुरक्षा बढाइयो, देशभर कर्फ्यु
श्रीलङ्काको एक धार्मिक शोभायात्रामा हात्तीको आक्रमण, १३ जना घाइते