काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्यमा ह्वात्तै गिरावट आएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रवारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रवारसम्म आइपुग्दा १ लाख ३६ हजार ९०० रुपैयाँ कायम छ ।
यस्तै गत साताको शुक्रवार तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ कायम तेजाबी सुनको मूल्य यो साताको शुक्रवार १ लाख ३६ हजार २५० रुपैयाँ कायम छ । यो साता सुनको मूल्यले नेपाली बजारमा ऐतिहासिक कीर्तिमान कायम गर्यो ।
साताको सोमबार सुनको मूल्य तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँसम्म पुगेको थियो । यसपछि निरन्तर घट्दै शुक्रवारसम्म आइपुग्दा १ लाख ३६ हजार ९०० रुपैयाँ कायम भएको हो । सुनको मूल्य घटे पनि यो साता चाँदीको मूल्यमा भने वृद्धि आएको छ ।
गत साताको शुक्रवार चाँदीको मूल्य प्रतितोला १८ सय रुपैयाँ कायम थियो । जुन यो साताको शुक्रवारसम्म आइपुग्दा १८ सय ५५ रुपैयाँ कायम भएको छ । यो एक सातामा आएको ५५ रुपैयाँको वृद्धि हो । यो साता चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान कायम गरेको थियो ।
साताको आइतबार चाँदीको मूल्य बढेर १९ सय १० रुपैयाँसम्म पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ जेठ २०८१, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सामान्य घट्यो
सुनचाँदी व्यवसायीले खोले पसल
२५ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य फेरि बढ्यो, तोलाको कति पुग्यो ?