नयाँ दिल्ली । माओवादी प्रभावित छत्तीसगढको नारायणपुरमा भएको भिडन्तमा सुरक्षा बलले आठ सन्दिग्ध माओवादी मारेको दाबी गरेको छ । अन्य माओवादीहरूको खोजी कार्य जारी रहेको र मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।
‘बुधवार राति नारायणपुरको रेकावा क्षेत्रमा माओवादी भएको खबर आएपछि नारायणपुर, विजापुर र दन्तेवाडा गरी तीन जिल्लाका बस्तर फाइटर, एसटीएफ र डिस्ट्रिक्ट रिजर्भ गार्डका जवानहरूले अपरेसन सुरु गरेका थिए । अपरेसन बिहीबार बिहान करिब ११ बजे सुरु भएको थियो’ एक उच्च प्रहरी अधिकारीले बीबीसीलाई भनेका छन् ।
बिहीबार दिनभर भिडन्त हुँदा दुवै पक्षबाट गोली हानाहान भएको थियो । यस क्रममा प्रहरीले घटनास्थलबाट शङ्कास्पद सात माओवादीको शव र एउटा अटोमेटिक राइफल बरामद गरेको थियो ।
शुक्रवार बिहान सुरक्षाकर्मीले अर्का एक सन्दिग्ध माओवादीको शव फेला पारेका थिए । प्रहरीका अनुसार सैनिकहरू भिडन्त भएको ठाउँबाट अझै फर्किएका छैनन् । विगत केही महिनादेखि छत्तीसगढमा सन्दिग्ध माओवादीहरू विरुद्ध निरन्तर कारबाही भइरहेको छ ।
अप्रिल २ मा प्रहरीले गङ्गलुर क्षेत्रमा १३ माओवादी मारेको दाबी गरेको थियो । अप्रिल १६ मा काङ्केरको कालपरमा भएको भिडन्तमा २९ माओवादी मारिएको प्रहरीले जनाएको छ ।
नक्सल इतिहासमा छत्तीसगढमा एउटै भिडन्तमा यति ठुलो सङ्ख्यामा माओवादी मारिएको थिएन । प्रहरीले यसअघि अप्रिल ३० मा ताकामेटामा १० र मे १० मा पेडियामा १२ जना माओवादीहरूलाई मारेको दाबी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ जेठ २०८१, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
के छन् माओवादी निकट जेनजी रेडफोर्सका मागहरू ? हेर्नुहोस् (विस्तृतमा)
माओवादी र एसको एकतापछि बन्ने पार्टीको नाम नेकपा समाजवादी, चुनाव चिन्ह तारा
माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति
माओवादीमा परिवार सदस्य नेताको सचिवालयमा बस्न वन्देज !
अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिद्वारा आयोजित बिपिन जोशीको सम्झनामा दीप प्रज्वलन कार्यक्रम
अखिल क्रान्तिकारी चितवनले गर्यो जेन जि आन्दोलनमाथि भएको दमनको निष्पक्ष छानबिन र न्यायको माग