चन्द्रागिरिबाट ४ लाख घुस लिएको अवस्थामा एकजना पक्राउ

सफल खबर संवाददाता

विहीबार, १० जेठ २०८१, १५ : २२
चन्द्रागिरिबाट ४ लाख घुस लिएको अवस्थामा एकजना पक्राउ

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिबाट ४ लाख घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–२ बस्ने ध्रुव बहादुर कडायत छन् ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ का अध्यक्ष भाइ कृष्ण तामाङको निर्देशनमा कडायतले घुस रकम लिएको अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीले सेवाग्राहिबाट लिइसकेको अवस्थामा २ लाख नगद र २ लाख रुपैयाँ बराबरको चेक बरामद गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनाका लागि वडा अध्यक्षको निर्देशनमा बिचौलिया बनेर कडायले घुस लिएका हुन् । चेक कडायतकै नाममा काटेको भेटिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ स्थित नगरपालिकाको कार्यालयको गेटबाट अख्तियारको टोलीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।