काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले झापाको गिरीबन्धु टी-इस्टेटको जग्गा सट्टापट्टा गर्न निवेदन दिएको भन्दै केपी ओली ट्रस्टसहित १०१ वटा कम्पनीको नाम सार्वजनिक गरेका छन् ।
गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिइने भएपछि यसभन्दा बढी कम्पनीले निवेदन दिएको दाबी बालेनले गरेका छन् । उनले सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेल भएको हुन सक्नेसमेत दाबी गरेका छन् ।
‘सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन्’, बालेनले भनेका छन्, ‘उनीहरूको स्वर घटेको छैन । कानुन नै परिवर्तन गर्न कुरेर बसेका छन् । यदि त्यस्तो भयो भने यसले राज्यको खर्बौं रकम अपचलनको ढोका खोलिदिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ जेठ २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनको सचिवालयका तीनै सहयोगी रास्वपा केन्द्रीय समितिमा निर्वाचित
रास्वपा सभापतिमा रवि निर्विरोध चुनिएपछि मध्यराति बालेनले लेखे: ‘शुभकामना हाम्रो पार्टीलाई’
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी