काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले झापाको गिरीबन्धु टी-इस्टेटको जग्गा सट्टापट्टा गर्न निवेदन दिएको भन्दै केपी ओली ट्रस्टसहित १०१ वटा कम्पनीको नाम सार्वजनिक गरेका छन् ।
गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिइने भएपछि यसभन्दा बढी कम्पनीले निवेदन दिएको दाबी बालेनले गरेका छन् । उनले सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेल भएको हुन सक्नेसमेत दाबी गरेका छन् ।
‘सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन्’, बालेनले भनेका छन्, ‘उनीहरूको स्वर घटेको छैन । कानुन नै परिवर्तन गर्न कुरेर बसेका छन् । यदि त्यस्तो भयो भने यसले राज्यको खर्बौं रकम अपचलनको ढोका खोलिदिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ जेठ २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी
बालेन र सुदनविरुद्ध देशैभरि जाहेरी दिने अखिलको तयारी
आन्दोलनकारीको अवरोधले सिंहदरवारमा तत्काल दमकल पुर्याउन नसकिएको बालेनको प्रष्टीकरण
'अनफलो बालेन' ट्रेन्ड शुरु।
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन
बालेनले हर्कलाई भने– तिमीलाई माया गर्न छाड्दिनँ