धनगढी । कैलालीमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा बेहोस भएका युवकको मृत्युु भएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले थुनुवा कक्षमा बेहोस भएर ढलेका बुद्धिराम चौधरीलाई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्याइएको जानकारी दिए । भन्सार छलीको आरोपमा सामानसहित पक्राउ परेका धनगढी उपमहानगरपालिका– ८ का बुद्धिराम चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रहरीका अनुसार अवैध सामानसहित पक्राउ परेका चौधरीलाई भन्सार कार्यालयको जिम्मा लगाइएको थियो । भन्सार कार्यालयले अनुसन्धान नसकिएकोले थुनामा राखिदिन आग्रह गरेपछि उनी हिरासतमै थिए ।
चौधरीको मृत्युको कारण नखुलेको बताउँदै प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो
भिरबाट लडेर एक युवकको मृत्यु
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला