काठमाडौ । सहकारी प्रकरणका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बनाउने विषयमा दलहरूले आज (आइतबार) छलफल गर्ने भएका छन्।
सत्तारुढ नेकपा एमालेका सचेतक महेश बर्ताैलाका अनुसार अहिले बिहान ८ बजे कानुन मन्त्रालयमा टीओआर कार्यदलको पहिलो बैठक बस्ने भएको हो।
‘टीओआरमा आजदेखि गृहकार्य थाल्न लागिएको हो’, उनले भने।
लामो रस्साकसीपछि सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच शनिबार संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको हो।
समितिको प्रतिवेदनमा उल्लेख हुने कार्यादेश (टीओआर) बारे दलहरू आज बिहानैदेखि गृहकार्यमा जुट्न लागेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, ०७ : ३४
लेखकबाट थप