नयाँ दिल्ली । भारतको पश्चिम बङ्गाल राज्यमा चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ । राज्यको मालदा जिल्लामा बिहीबार अलग अलग स्थानमा चट्याङ्गका कारण कम्तीमा ११ जनाको मृत्यु भएको बताइएको छ । चट्याङ्ग लागेर कयौँ घाइते भएको र घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
घाइतेमध्ये केहीको हालत गम्भीर रहेको अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमा २ जना नाबालिग पनि रहेको बताइएको छ । मृत्यु हुनेमध्ये अधिकांश खेतमा काम गरिरहेका, बगैँचामा आँप टिप्न गएका र बगैँचाका गार्ड भएको बताइएको छ । मुख्यमन्त्री ममता बनर्जीले यी घटनामा दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु