कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

शुक्रबार, ०४ जेठ २०८१, ०७ : ११
कस्तो रहला आजको मौसम ?

काठमाडौं । स्थानीय र पश्‍चिमी वायुको आंशिक प्रभावका कारण आज ४ वटा प्रदेशमा हल्का वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो कोशी र मधेशसहित बाँकी पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

यस्तै, कोशी, वागमती, गण्डकी र कर्णालीका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।

आज राति कोशी, मधेश, वागमती, गण्डकी र कर्णालीका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

यस्तै, कोशी, वागमती र गण्डकीका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस