सिराहा । सिराहाको अर्नमा गाउँपालिकामा छिमेकीको कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । खेतको सीमानाको सवालमा विवाद हुँदा अर्नमा २ ब्रहमपुरिका ५५ वर्षीय बाचाई महतोको कोदालो प्रहारबाट उही उमेरका बुधराम महतोको घटनास्थलमै मृत्यु भएको हो ।
लामो समयदेखि जमिन विवाद रहेका उनीहरूबिच आज बिहान खेतमै भेट भएको थियो । भेटका क्रममा विवाद चर्किएर कोदालो प्रहार गर्दा बुधरामको मृत्यु भएको वडा अध्यक्ष दीपेन्द्र महतोले जानकारी दिए ।
वडा अध्यक्ष यादवले उनीहरूबिच लामो समयदेखि जमिनको विषयमा मुद्दा चलिरहेको बताए । जमिनकै विवादका कारण आज यस्तो घटना भएको अध्यक्ष यादवको भनाई छ । घटना लगतै बचाई फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । शव घटनास्थलमै रहेको छ । बुधराम लामो समयदेखि विष्णुपुर चोकमा ग्यास सिलिन्डर, बिउबिजन तथा कीटनाशक विषादीको पसल सञ्चालन गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु