सिराहा । सिराहाको अर्नमा गाउँपालिकामा छिमेकीको कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । खेतको सीमानाको सवालमा विवाद हुँदा अर्नमा २ ब्रहमपुरिका ५५ वर्षीय बाचाई महतोको कोदालो प्रहारबाट उही उमेरका बुधराम महतोको घटनास्थलमै मृत्यु भएको हो ।
लामो समयदेखि जमिन विवाद रहेका उनीहरूबिच आज बिहान खेतमै भेट भएको थियो । भेटका क्रममा विवाद चर्किएर कोदालो प्रहार गर्दा बुधरामको मृत्यु भएको वडा अध्यक्ष दीपेन्द्र महतोले जानकारी दिए ।
वडा अध्यक्ष यादवले उनीहरूबिच लामो समयदेखि जमिनको विषयमा मुद्दा चलिरहेको बताए । जमिनकै विवादका कारण आज यस्तो घटना भएको अध्यक्ष यादवको भनाई छ । घटना लगतै बचाई फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । शव घटनास्थलमै रहेको छ । बुधराम लामो समयदेखि विष्णुपुर चोकमा ग्यास सिलिन्डर, बिउबिजन तथा कीटनाशक विषादीको पसल सञ्चालन गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु