बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका ११ रेहेराका ४५ वर्षीय वीरबहादुर गुरुङ रहेका छन् । देवदह–१ बिर्तास्थित माँ वैष्णु साबुन फ्याक्ट्रीमा मेसिनको नट खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ जेठ २०८१, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु