बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका ११ रेहेराका ४५ वर्षीय वीरबहादुर गुरुङ रहेका छन् । देवदह–१ बिर्तास्थित माँ वैष्णु साबुन फ्याक्ट्रीमा मेसिनको नट खोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ जेठ २०८१, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु