भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कति छ सम्पत्ति ?

एजेन्सी

बुधबार, ०२ जेठ २०८१, ०८ : ३७
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कति छ सम्पत्ति ?

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्रअनुसार उनको सम्पत्ति ३ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

यसमध्ये धेरैजसो रकम बैंकमा रहेको मुद्दती निक्षेप हो । प्रधानमन्त्री मोदीले १४ मे मा आफ्नो संसदीय सीट वाराणसीबाट आफ्नो चुनावी उम्मेदवारी दर्ता गराएका थिए । 

शपथपत्रमा दिइएको जानकारी अनुसार प्रधानमन्त्रीसँग ३ करोड २ लाख ६ हजार ८ सय ८९ रुपैयाँको चल सम्पत्ति रहेको बीबीसी हिन्दीले जनाएको छ । जसमध्ये करिब २ करोड ८५ लाख रुपैयाँ भारतीय स्टेट बैंकमा मुद्दती निक्षेप रहेको छ ।

यसबाहेक पीएम मोदीसँग चारवटा सुनको औँठी छ जसको मूल्य २.६७ लाख रुपैयाँ छ । जहाँ प्रधानमन्त्रीसँग ५२ हजार ९२० नगद र ९ लाख १२ हजार रुपैयाँको राष्ट्रिय बचत प्रमाणपत्र रहेको समाचारमा उल्लेख छ । गत आर्थिक वर्षमा प्रधानमन्त्री मोदीले ३.३३ लाख रुपैयाँ आयकर तिरेका थिए ।

निर्वाचन शपथपत्रको अचल सम्पत्तिको स्तम्भमा कुनै जानकारी दिइएको छैन। सामान्यतया यसमा जग्गा र घरको विवरण दिइएको हुन्छ ।

जशोदाबेनलाई प्रधानमन्त्री मोदीकी पत्नीको रूपमा वर्णन गरिएको छ। उनीसँग कति सम्पत्ति छ भन्ने जानकारी शपथपत्रमा दिइएको छैन ।