काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–९ स्थित लुभुमा २५ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन् । आफ्नै घरको शौचालयमा अविरल केसी झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा एसपी नरेश सुवेदीले बताए ।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । पीडित परिवारले अविरलको मृत्यु शंकास्पद भएको दाबी गरेका छन् । अनुसन्धानको लागि मृतकको मोबाइल फरेन्सिक ल्याबमा पठाइने एसपी सुवेदीले बताए । उनले भने, ‘हामी प्रारम्भिक अनुसन्धानमा छौँ, पोष्टमार्टम रिपोर्ट र मोबाइलको फरेन्सिक जाँचपछि थप अनुसन्धान अघि बढाउँछौं ।’
अविरल र उनको पत्नीबिच राम्रो सम्बन्ध नरहेको बताइएको छ । २०८० माघ २७ मा पत्नीले उनीविरुद्ध वैवाहिक बलात्कार गरेको कसुरमा जाहेरी दिएकी थिइन् । प्रहरी वृत्त सातदोवाटोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।सो मुद्दामा उनी २० हजार धरौटीमा छुटेका थिए । पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु