काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–९ स्थित लुभुमा २५ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन् । आफ्नै घरको शौचालयमा अविरल केसी झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा एसपी नरेश सुवेदीले बताए ।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । पीडित परिवारले अविरलको मृत्यु शंकास्पद भएको दाबी गरेका छन् । अनुसन्धानको लागि मृतकको मोबाइल फरेन्सिक ल्याबमा पठाइने एसपी सुवेदीले बताए । उनले भने, ‘हामी प्रारम्भिक अनुसन्धानमा छौँ, पोष्टमार्टम रिपोर्ट र मोबाइलको फरेन्सिक जाँचपछि थप अनुसन्धान अघि बढाउँछौं ।’
अविरल र उनको पत्नीबिच राम्रो सम्बन्ध नरहेको बताइएको छ । २०८० माघ २७ मा पत्नीले उनीविरुद्ध वैवाहिक बलात्कार गरेको कसुरमा जाहेरी दिएकी थिइन् । प्रहरी वृत्त सातदोवाटोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।सो मुद्दामा उनी २० हजार धरौटीमा छुटेका थिए । पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु