नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुईवटा कार्यालय स्थापना हुने भएका छन् ।
सहरी विकास तथा खानेपानी मन्त्रालय र उद्योग पर्यटन तथा सहकारी मन्त्रालयले यहाँ डिभिजन कार्यालय स्थापना गर्न लागेका हुन् ।
लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा सहकारीमन्त्री एवं पश्चिम नवलपरासी क्षेत्र नम्बर २ (१) बाट स्वतन्त्र रुपमा निर्वाचित प्रदेशसभा सदस्य खड्ग बस्नेतले ती कार्यालय स्थापनाको प्रक्रिया प्रारम्भ भएको बताए ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा दुवै कार्यालय स्थापना गर्नेगरी काम अघि बढाइएको उनले जानकारी दिए ।
प्रदेशको समग्र विकासका साथै जनतालाई राज्यबाट सहज रुपमा सेवा प्रवाह गर्न ती कार्यालय आवश्यक भएकाले प्रदेश सरकारले त्यसलाई उच्च प्राथमिकतामा राखेको मन्त्री बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरबाटै काम गर्न सरकारको आह्वान
फेवातालको अतिक्रमण क्षेत्रमै गृहमन्त्री सुधन गुरुङको २० रोपनी जग्गा !
आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने सरकारको निर्णय
सर्वोच्चलाई सरकारको जवाफ– पूर्वप्रधानमन्त्री भन्दैमा ओलीलाई उन्मुक्ति दिन मिल्दैन
सरकार विगतमा गल्ती गर्नेहरु सबैलाई कारबाहीको दायरामा ल्याउन केन्द्रित छः सञ्चारमन्त्री तिमिल्सिना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा गृहमन्त्री