काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाएको छ । एक पदाधिकारीका अनुसार सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यादव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र खान स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिने टुङ्गो लागेको ती पदाधिकारीले बताए ।
झाको मन्त्रालय भने अहिलेसम्म टुङ्गो लागेको छैन । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार राजीनामा दिएपछि उक्त मन्त्रालय खाली भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ बैशाख २०८१, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै