काठमाडौँ । मंगलबार संसदको संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम कांग्रेसको अवरोधका कारण अन्योलमा परेको छ ।
नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने अडान कायम राखेपछि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषय अन्योलमा परेको हो ।
यसैबीच सभामुख देवराज घिमिरेले चितवनमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग फोन वार्ता गरी सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गरेका छन् । उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदको तयारीबारे छलफल भएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिएका थिए । उनले सत्ताघटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आज साँझसम्म निष्कर्षमा पुगिने उल्लेख गरे ।
प्रधानमन्त्रीले आफू चितवनबाट फर्केलगत्तै संवाद सुरु गर्ने बताए । उनले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका थिए ।
सभामुखले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग आइतबार गरेको छलफल कुनै निष्कर्षमा पुग्न सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ बैशाख २०८१, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
संसद् पुनर्स्थापनाबारे काँग्रेस र एमालेद्वारा सभामुखसँग छलफल
लुम्बिनीका सभामुखद्वारा ५ जनाको स्वकीय सचिवालय विघटन
मधेशमा सभामुखले पदमुक्त गरेका सांसदद्वारा हाजिरी र कारबाहीको नक्कल माग