धनुषा । नेकपा एमाले पनि मधेस सरकारबाट बाहिरिएको छ। एमालेबाट मन्त्री बनेका ५ जनाले आइतबार पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् ।
मधेशमा एमालेका सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखि गृह, सञ्चार तथा कानुनमन्त्री, शत्रुघन सिंह कोइरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री, प्रमोद जैसवाल शिक्षा तथा संस्कृतिमन्त्री तथा केशव राय स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा थिए ।
यसअघि आजै माओवादी केन्द्रका दुई मन्त्रीले पनि राजीनामा दिदै सरकार छोडेको घोषणा गरेका थिए । मधेश प्रदेशमा एमालेका २५ र माओवादी केन्द्रका ९ सांसद रहेका छन् । एमाले र माओवादी केन्द्र बाहिरिएसँगै सरकार अल्पमतमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० बैशाख २०८१, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मधेशबाट काँग्रेसको निर्वाचन तयारी औपचारिक रूपमा प्रारम्भ हुने
मधेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदै
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त