काठमाडौं। वायु प्रदूषणको हिसाबले काठमाडौं उपत्यका आज विश्वकै ५० औं स्थानमा सूचीकृत भएको छ ।यही वैशाख २० गते विश्वको पहिलो प्रदूषित शहरको रुपमा सूचीकृत भएकोमा वर्षाले वायु प्रदूषण न्यूनीकरण भएर आज ५० औं नम्बरमा पुगेको हो ।
‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ५६ रहेको छ ।केही दिनयता परेको वर्षासँगै वन डढेलो पनि नियन्त्रण भएको तथा वायुमण्डलमा रहेको धुलोको कण नियन्त्रण भएकाले वायु प्रदूषण पनि कम भएको हो ।
डढेलोविद् सुन्दर शर्माले डढेलो नियन्त्रण भएमा वायु प्रदूषण पनि कम हुने बताएका छन् ।'अहिले वर्षासँगै वन डढेलो पनि नियन्त्रण भएकाले वायु प्रदूषण न्यूनीकरण भएको छ', उनले भने । विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआई ५० राम्रो अर्थात हरियो सङ्केतले चिनिन्छ ।
'५१ देखि १०० सम्मको एक्युआईलाई होसियार रहौं अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसैगरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा स्वाशप्रस्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ', उनले भने, '१५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वस्थको रुपमा लिइन्छ र ३०१ देखि चार सयसम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई धेरै खतरा मानिएको छ ।'
काठमाडौं उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआई को मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिइन्छ ।
यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहोर बाल्न रोक्ने, सडक सफा गर्न ब्रुमर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गरिने कार्ययोजनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० बैशाख २०८१, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण
हावाको गतिले घटायो वायु प्रदूषण
कहिले हट्छ काठमाडौँको वायु प्रदूषण ?
पर्याप्त वर्षा नहुँदा काठमाडौं उपत्यकाको आकाश खुलेन, वायु प्रदूषण बढ्यो
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन