रुकुममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २८ बैशाख २०८१, १३ : ५६
रुकुममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

सुर्खेत । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–९ राडी बजारबाट जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट –१४ छेपारेमा शुक्रबार मध्याह्न दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी नवराज पोखरेलले दुर्घटनामा परी तीन जना घाइते भएको बताएका छन् । घाइतेहरूलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको छ । ‘मृतकको र घाइतेहरूको सनाखत भएको छैन,’ डिएसपी पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस