काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
संसद्को बर्खे अधिवेशनमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रमुख सचेतक बर्तौलाका अनुसार शुक्रबार साढे ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बैठक बोलाइएको छ ।
बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको सांसदहरूले बताएका छन् ।
संसद्को अधिवेशन आज दिउँसो २ बजे सुरु हुँदैछ । जसअनुसार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा नेताहरूलाई बोल्न दिने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।
सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपा सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष कांग्रेसले संसद् अवरोध गर्ने चेतावनी दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ बैशाख २०८१, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह