ट्रम्पविरुद्ध पोर्नस्टारको अदालतमा बयान

एजेन्सी

विहीबार, २७ बैशाख २०८१, १० : ११
ट्रम्पविरुद्ध पोर्नस्टारको अदालतमा बयान

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक पोर्न स्टारलाई पैसा दिएर चुप लाग्न आग्रह गरेको आरोप लागेको छ । 

यस मुद्धामा अमेरिकी अदालतमा सुनुवाइ भएको छ । यसै क्रममा पोर्न स्टार स्टर्मी डेनियलले आफ्नो बयान दिएकी छन् । स्टर्मीले ट्रम्पलाई सन् २००६ मा भेटेको उनी ६० वर्षको उमेरमा भएको बताइन् । स्टर्मी त्यतिबेला २७ वर्षकी थिइन् ।

ट्रम्पले २०१६ को राष्ट्रपतीय चुनाव अघि मौन बस्न स्टर्मीलाई पैसा तिरेको आरोप छ । ट्रम्पका वकिलले पनि ट्रम्पको तर्फबाट पोर्न स्टारलाई १ लाख ३० हजार डलर दिएको स्वीकार गरेका थिए । यसपछि त्यसको क्षतिपूर्ति दिन पूर्वराष्ट्रपतिले व्यापार अभिलेखमा सो रकम लुकाएको आरोप लागेको छ ।

५ घण्टासम्म चलेको अदालतको सुनुवाईमा स्टर्मीले सन् २००६ को सेलिब्रेटी गल्फ प्रतियोगितामा ट्रम्पले उनलाई होटलमा बोलाएको बताइन् । उनी आइपुग्दा ट्रम्प आफैंले ढोका खोले । उनले रेशमी लुगा लगाएका थिए । कुराकानीका क्रममा दुवैबीच हानाहान भएको थियो ।

स्टर्मीले भनिन्- 'जब मैले ट्रम्पलाई उनकी श्रीमतीको बारेमा सोधे, उनले मलाई भने कि उनीहरू अब एउटै कोठामा सुत्दैनन् ।' कुराकानीकै क्रममा स्टर्मी बाथरुममा गइन् । यसपछि ट्रम्प आफ्नो कोठामा पुगे । उनीहरु टी–सर्ट र सर्टमा थिए । स्टर्मीले पनि कोठाबाट बाहिर निस्कन खोजे तर ट्रम्पले उनलाई रोके । त्यसपछि दुवैबीच शारीरिक सम्बन्ध बन्यो ।

न्यूयोर्क टाइम्सका अनुसार, स्टर्मीले आफ्नो बयानको क्रममा प्रत्येक घटनालाई विस्तृत रूपमा वर्णन गरेकी थिइन् । यसैबीच न्यायाधीशले पटकपटक आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै उनलाई रोकेका थिए । स्टर्मीको बयानमा ट्रम्पलाई गाली गरेको देखियो । स्टर्मीले ट्रम्पको अगाडि यो विषयलाई सम्बोधन गरेको यो पहिलो पटक थियो ।

पोर्न स्टारले यो सबै पैसाका लागि नभई डरका कारण गरेको बताइन् । अन्तमा, कोठाबाट बाहिर निस्किदा उनको हात काँपिरहेको थियो र उनले जुत्ता पनि लगाउन नसकेको बताइन् । स्टर्मीले भनिन्- ट्रम्पले उनलाई आफ्नी छोरीको सम्झना गराएको बताएका थिए, जो धेरै स्मार्ट र सुन्दर छिन् । 

स्टर्मी होटलबाट बाहिरिँदै गर्दा ट्रम्पले उनलाई छिट्टै भेट्न भनेका थिए । त्यो दिनपछि पनि दुवै सम्पर्कमा रहेको स्टर्मीले बताइन् । उनले आफ्नो फोन रेकर्ड पनि देखाएकी थिइन्, जसमा ट्रम्पको सहायकको फोनबाट स्टर्मीलाई धेरै पटक फोन गरिएको थियो । 

स्टर्मीले यसपछि सन् २००७ मा लस एन्जलसमा फेरि भेट भएको बताए । यसै क्रममा ट्रम्पले उनलाई फेरि शारीरिक सम्बन्ध राख्न आग्रह गरे तर स्टर्मीले बहाना बनाएर अस्वीकार गरिन् ।

प्रतिक्रिया दिनुहोस