जनकपुर–जयनगर रेल सेवा आजदेखि तीन दिन बन्द

सफल खबर संवाददाता

आइतबार, २३ बैशाख २०८१, ०७ : ३७
जनकपुर–जयनगर रेल सेवा आजदेखि तीन दिन बन्द

जनकपुर । भंगाहा–जनकपुर–जयनगर रेल सेवा आज (आइतबार) देखि तीन दिनका लागि बन्द भएको छ। 

भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत सीमा सिल हुने भएकाले आज (वैशाख २३) देखि वैशाख २५ गते (मंगलबार) सम्म रेल सेवा बन्द गरिएको नेपाल रेल्वे कम्पनीलेले जनाएको छ।

नेपाल रेल्वे कम्पनीका प्रबन्धक निरञ्जन झाले सूचना जारी आइतबारदेखि मङ्गलबारसम्म भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा पूर्णरुपमा बन्द रहने जानकारी दिएका छन्।

‘इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारत दुबै पक्षतर्फको बोर्डर जिल्ला कोर्डिनेसन कमिटीबाट भएको निर्णय अनुसार रेल सेवा तीन दिन बन्द रहने छ,’ प्रवन्धक झाले जारी गरेको सूचनामा भनिएको छ।

भारतको मधुवनी जिल्लाको भन्झारपुर संसदीय क्षेत्रमा यही वैशाख २५ गते लोक सभा चुनाव हुँदैछ।