काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको पराजय पछि समग्र पार्टीको स्थापना कालदेखिकै समीक्षा गर्ने भएको छ । शुक्रबार बसेको सचिवालयको बैठकले पार्टीको समग्र समीक्षा गर्ने निर्णय गरेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् ।
साथै रास्वपाले महामन्त्री ढकाललाई समग्र समिक्षाको जिम्मेवारी दिदै असार १ गते प्रतिवेदन तयार गरि सचिवालय बैठकमा पेश गर्न निर्देशन दिएको छ । महामन्त्री ढकाल सहितको टोलीले जेठको दोस्रो सातादेखि पार्टीको अवस्था र सुधार गर्नुपर्ने विषय पहिल्याउन देशभर अध्ययन भ्रमण गरेर प्रतिवेदन बनाउने भएका छन् । महामन्त्री ढकालले पेस गरेको प्रतिवेदनका आधारमा पार्टीले नयाँ दिशा तय गर्ने भएको छ ।
साथै रास्वपाले बैशाख २९ गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठक समेत स्थगित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ बैशाख २०८१, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावको मुखमै रास्वपा सभापति रवि लामिछाने भारत जाँदै
फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने रास्वपाको तयारी
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुने रास्वपाको विश्वास
रास्वपाले अर्यालको संयोजकत्वमा बनायो निर्वाचन सम्पादन समिति
रास्वपाका पूर्व सांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश
रास्वपाको दोहोरै नीति : फरक व्यवहार, एकै ऐनामा दुई अनुहार