काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो सर्लाही जाँदैछन्।
नेपाल भारत सीमा क्षेत्रमा पर्ने बलरा नगरपालिका–८, गडहीया डुमरियास्थित जनता नमूना माविको नवनिर्मित भवन उद्घाटन गर्न प्रधानमन्त्री सर्लाही जान लागेका हुन्। बलरा माओवादी केन्द्रले जितेको नगरपालिका हो।
प्रचण्ड बिहान साढे ११ बजे हेलिकप्टरमार्फत सर्लाही जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। सर्लाहीका एक माओवादी नेताका अनुसार बलराका मेयर रामाशंकर कुशवाहाको विशेष आग्रहमा प्रचण्ड सर्लाही जान लागेका हुन्।
प्रचण्डले जनता नमूना माविको १२ कोठे नवनिर्मित भवन उद्घाटन गर्नुको साथै वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मेयर कुशवाहाले बताए। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्ने नेता कार्यकर्तालाई प्रचण्डले स्वागत गर्ने तयारी छ।
सर्लाही जानुअघि प्रचण्ड बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा सरिक हुने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ बैशाख २०८१, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई वामदेवको खुल्लापत्र- केपी ओलीलाई छोडिदिनुस्
प्रधानमन्त्री शाहलाई रूसी समकक्षी मिखाइलको बधाई
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, क्षेत्रगत समस्या समाधानमा प्राथमिकता निर्धारण
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार
प्रधानमन्त्री बालेनको शपथ समारोहमा किन गएनन् ओली ?