काठमाडौँ । इलाम २ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा निर्वाचित सुहाङ नेम्वाङको विजय सभामा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुग्ने भएका छन् ।
इलाम । नेकपा एमालेले मंगलबार दिउँसो इलाममा विजय सभा गर्ने भएपछि ओली इलाम जाने भएका हुन् । इलाम बजारमा दिउँसो हुने सभामा पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् ।
इलाम बजारको सभा सकेर नव निर्वाचित संघीय सांसद सुहाङ निर्वाचन क्षेत्रका पालिकाका मतदातालाई धन्यवाद प्रकट गर्न स्थानीय तहमा जानेछन् ।
नेम्वाङ २७ हजार ७७२ मतसहित इलाम २ मा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) तेस्रो हुँदा रास्वपाका मिलन लिम्बुले जमानत जोगाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ बैशाख २०८१, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना
ओली र लेखकलाई अब के– के गर्न पाउँछ प्रहरीले ?
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ