काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले उपनिर्वाचनको नतिजाले नेपाली राजनीतिक मैदानको मूल खेलाडी एमाले र काँग्रेस मात्रै भएको देखाएको बताएका छन्।
इलाम र बझाङमा भएको उपनिर्वाचनमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा भएपछि उनले यस्तो बताएका हुन्। उनले भनेका छन्, नेपालको राजनीतिक मैदानका मूल खेलाडी दुईवटा मात्र हुन। अरू छेउ कुना भर्न मात्र मैदानमा रहेका हुन भन्दा दुई दिन अघि मात्र एक जना सगोत्री नेता म सँग कार्यक्रम स्थलमै आगो भा थिए। आखिर इलाम र बझाङले त त्यही कुरा बतायो नि। तथ्य मनोगत आग्रहको बन्दी हुँदैन है।
बझाङमा एमालेका दमन भण्डारी विजयी भइसकेका छन् भने इलाममा पनि एमालेकै उम्मेदवार सुहाङ नेम्वाङ जिततर्फ अग्रसर छन्। दुवै ठाउँमा काँग्रेस नै मुख्य प्रतिस्पर्धी बनेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ बैशाख २०८१, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय