काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ तारकुवामा जिप दुर्घटना भएको छ । बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेको छ ।
दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।
घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ । घाइतेहरुको नामावली र अवस्था खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ बैशाख २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट लगियो सुर्खेत
हुम्लाको चंखेलीमा जिप दुर्घटना
जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते
डडेलधुरामा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु , ६ जना घाईते
कालिकोटमा जिप दुर्घटना, ७ जना घाइते
रुकुम पश्चिममा जिप दुर्घटना, ७ जना घाइते