काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको बेथिती र बिकृतिको अन्त्य गर्न आन्दोलनको बिकल्प नभएको बताएका छन् । आज पार्टीको लुम्बिनी ,कर्णाली र सुदुरपश्चिम क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले अहिलेको राज्य प्रणालीले देशलाई अधोगती तर्फ मात्र लैजाने जिकिर गरे । भ्रष्टाचार ,कुशासन र मनपरितन्त्रलाई निरन्तरता दिँदा मुलुक समस्याको दलदलमा भासिने भन्दै अब बिकल्प खोज्नुपर्नेमा जोड दिए । बिकल्प भनेको आन्दोलन भएको भन्दै थापाले आन्दोलनको बाताबरण तयार गर्न जिल्ला अध्यक्षहरुसङ्ग आग्रह पनि गरे ।
एक्ला एक्लै आन्दोलन गर्दा सफलता प्राप्त नभएको बिगतलाई हेरेर समान बिचार भएका बीच मोर्चा बनाउने प्रस्ताबले मुर्तरुप नलिएकोमा चिन्ता ब्यक्त गर्दै थापाले त्यो दिशामा अहिले पनि प्रयासरत भएको समेत स्पष्ट पारे । तत्काल मोर्चा नबनेको परिस्थिति भए पनि पार्टीले आफ्नो तर्फ बाट गर्ने आन्दोलनको तयारीलाई भने निरन्तरता दिन तयारीमा जुट्न समेत थापाले आग्रह गरे।
बैकल्पिक बिचार र मार्गचित्र राप्रपा नेपालसङ्ग भएकोले पार्टीलाई बलियो शक्ति बनाउन कृयाशिल र गतिशिल हुनुपर्नेमा समेत जोड दिए । बैठकमा महामन्त्रीद्वय भास्कर भद्राले सचिवालय र राजाराम बर्तौलाले संगठन सम्बन्धि प्रतिबेदन पेश गरेका थिए भने जिल्ला अध्यक्षहरुले जिल्लाको अबस्थाबारे बैठकलाई जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ बैशाख २०८१, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा