सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२ धर्मपुरमा २० वर्षीय युवकको शव फेला परेको छ।
स्थानीय सीताराम साहका २० वर्षीय छोरा अरविन्दको शव घर नजिकै मकैबारीमा फेला परेको हो।
स्थानीय रामचन्द्र साहको मकैबारीभित्र युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
युवकको शव पोष्टमार्टका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ बैशाख २०८१, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव
इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै