काठमाडौँ । काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। काठमाडौँ उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो ।
वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार अहिले काठमाडौँको प्रदूषणको दर १९४ मापन गरिएको छ। जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ।
विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तानको लाहोर रहेको छ । त्यहाँ प्रदूषण तह १८५ रहेको छ। तेस्रो स्थानमा रहेको भारतको नयाँदिल्लीमा प्रदूषणको तह १७५ रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा ठुलो वर्षा हालसम्म नभएका कारण प्रदूषणको तह घट्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ बैशाख २०८१, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्लीको हावाको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा, एक्यूआई ६०० नाघ्यो
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
काठमाडौंको वायु प्रदूषण आज पनि विश्वकै उच्च
काठमाडौँ उपत्यकाको वायु आज पनि अति अस्वस्थकर
काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकर, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौंको वायु प्रदूषण विश्वको पहिलो नम्बरमा