काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालय अन्तर्गत कार्यरत दशौँ र नवौँ तहका कर्मचारीको सरुवा, पदस्थापन गरेको छ । मन्त्रालयले मन्त्रालय अन्तरगत विभिन्न निकायमा कार्यरत आठ जना दशौँ तहका र दुई जना नवौँ तहका गरेर १० जना कर्मचारीलाई सरुवा, पदस्थापन तथा कामकाजमा खटाएको हो ।
जसमा भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ कन्सल्टेन्ट ईएनटी सर्जन दशौँ तहका डा. रबिभुषण सुवालको वीर अस्पतालमा, स्वास्थ्य मन्त्रालय दरबन्दीमा पदस्थापन भई वीर अस्पतालमा कामकाजमा रहेका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट दशौँ तहका डा. लुना शर्माको कार्यरत अस्पतालमा नै खटाएको छ ।
परोपकार तथा प्रसूति तथा स्त्रीरोग अस्पतालमा दरबन्दी रहेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेश कार्यालय अन्तरगत कामकाजमा रहेका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन दशौँ तहका डा.अमर पौडयाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुदूरपश्चिममा खटाएको छ ।
यस्तै परोपकार तथा प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन दशौँ तहका डा.प्रज्वल पौडेलको कार्यरत अस्पतालमा नै कायम गरेको छ ।
कान्ति बाल अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन दशौँ तहका डा. मधुसूदन कायस्थको कार्यरत अस्पतालमा नै कायम गरेको छ भने सोही अस्पतालमा नै कार्यरत वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन दशौँ तहका डा. सन्जीतकुमार श्रेष्ठलाई पनि कार्यरत सोही अस्पतालमा नै कायम राखेको छ ।
सिंहदरवार वैद्यखाना विकास समितिमा पदस्थापन भएर आयुर्वेद चिकित्सालय नरदेवीमा कामकाजमा रहेका वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ दशौँ तहका डा. काशी खतिवडालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएको छ ।
वीर अस्पतालमा दरबन्दी रहेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कामकाजमा रहेका अस्पताल नर्सिङ प्रशासक नवौँ तहका विद्या बास्तोलालाई सोही अस्पतालमा कायम गरेको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा दरबन्दी रहेर वीर अस्पतालमा कामकाजमा रहेका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट दशौँ तहका डा।सुरेन्द्रलाल श्रेष्ठको सोही अस्तालमा कायम गरिएको छ भने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा दरबन्दी रहेर कान्ति बाल अस्पतालमा कामकाजमा रहेका डा. सुमनविक्रम अधिकारीको कामकाजमा रहेकै अस्पतालमा कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ बैशाख २०८१, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवार परिसरमै सारिँदै स्वास्थ्य मन्त्रालय
नर्सिङको तलब सरकारी सरह नघट्ने गरी लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयको काम एनएचआरसीको नयाँ भवनबाट हुने
पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह