काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडक निर्माणको ठेक्का लिएर समयमा निर्माण नसकेको भन्दै काँग्रेस उम्मेदवार डम्बर खड्कालाई आरोपित गरेका छन् ।
निर्माण व्यवसायी समेत रहेका खड्कालाई लक्षित गर्दै ओलीले बाटो किन नबनेको भन्दै प्रश्न उठाए । १५ वैशाखमा हुने उपनिर्वाचनको प्रचारका लागि इलाम-२ चुलाचुलीमा बुधबार आयोजित सभामा उनले खड्कालाई लक्षित गर्दै भने, ‘ठेक्का लिएर, जिम्मा लिएर एउटा बाटो बनाउन नसक्नेले देश बनाउँछु भनेर जनताका बीचमा गफ गर्ने ?’
एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई जिताए इलाम-२ को समस्या समाधान हुने ओलीले जिकिर गरे । चिया निर्यातमा भारतले गरेको अवरोधका बारेमा भारतीय राजदूतलाई निवासमा बोलाएर छलफल गरेको उनले बताए । ‘उहाँले मलाई आश्वासन दिनुभयो । यो समस्या समाधान म गर्छु भनेर’ ओलीले भने । चिया निकासीको समस्या समाधान भइसकेको ओलीले दाबी गरे ।
चुनावका बेला जातीय कुरा नगर्न ओलीले कार्यकर्तालाई निर्देशन दिए । जातीय कुरा गरे हार्ने निश्चित हुने भन्दै ओलीले थपे, ‘जातीय सङ्कीर्णताको कुरा गर्नु वाञ्छनीय हुँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, १८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी