काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा उक्त सम्झौता र समझदारीमा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।
यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
समोअसँग खेल्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य
टी-२० विश्वकप छनोट : ओमानविरुद्ध नेपालको शानदार जित
यूएईमाथि नेपालको रोमाञ्चक जित
नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज यूएईसँग भिड्दै नेपाल