काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ०८४ सालमा एमालेलाई बहुमतमा पुर्याउनेगरी काममा लाग्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
आइतबार पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले ०८४ सालमा पार्टीलाई बहुमतमा पुर्याउनेगरी काम गर्न पार्टीका नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् । उनले नेकपा (एमाले) राष्ट्रिय शक्तिको रूपमा स्थापित भएको भन्दै एमालेलाई निर्णायक बिन्दुमा पुराउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले एमाले बलियो भए मात्रै राष्ट्रिय शक्ति बलियो हुने भन्दै एमाले कमजोर हुँदा राष्ट्रिय शक्ति कमजोर हुने बताए । उनले एमालेलाई बलियो बनाउन विचारमा स्पष्ट, सङ्गठनमा सुदृढ र जनतामा स्थापित भएको नेतृत्व पार्टीले खोजेको बताए । उनले पार्टीलाई सुदृढ र मजबुत बनाउन नेतृत्वको आचरणहरूलाई पनि सुदृढ गर्नुपर्ने बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका नेता, कार्यकर्ताहरू पब्लिक अडिटमा रहने भन्दै पब्लिक अडिटमा बेरुजु निस्किने छुट आफूहरूलाई नभएको बताए । उनले व्यक्तिगत आचरण राम्रो बनाउन पनि आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ बैशाख २०८१, २० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युवाहरु भेला गर्दै ईश्वर पोखरेल समूह
जाँचबुझ आयोगले बोलाउँदा ओलीले अवज्ञा गर्नु राम्रो होइन: ईश्वर पोखरेल
ईश्वर पोखरेलले नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणा पत्र पार्टी कार्यालयमा बुझाए (पूर्णपाठ)
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै
‘संगठन र विधानबारे थप बहसको खाँचो’ : ईश्वर पोखरेल
लोकतान्त्रिक पद्धति र विधिको शासनप्रति अविचलित रहनू: ईश्वर पोखरेल