काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले हाल प्रचलनमा रहेको कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ ।
सेवा आयोगले हालै ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेको छ । तर शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको अनेरास्ववियुले जनाएको छ ।
त्रिविको कार्यकारी परिषद्ले २१ असोज २०८० मा उक्त कार्यविधि संशोधन गरेर सेवा आयोगमा पठाएको तर सेवा आयोगले संशोधित कार्यविधिलाई बेवास्ता गरेर निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक पदपूर्ति गर्ने बदनियत राखिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले जनाएको छ ।
‘विश्वविद्यालयका प्राध्यापकको नियुक्ति र बढुवाका लागि विज्ञापन सार्वजनिक गरेको दिनसम्म विश्वविद्यालय जुन ऐन, विनियम, क्रियाशील छ, प्राध्यापक तथा कर्मचारी छनोट प्रक्रियामा पनि सोही लागू गरिनुपर्ने व्यवस्था र अभ्यास भएता पनि सेवा आयोग मार्फत सीमित व्यक्ति र समूहलाई त्रिविमा प्राध्यापक बनाउन खोज्नु सेवा आयोग अध्यक्षमा चलाखी, बदमासी, राजनीतिक आस्था हाबी हुनु हो’, सिद्धान्त भट्टले विज्ञप्तिमा भनेका छन् ।
यो सूचनाले विश्वविद्यालय पुनः भर्ती केन्द्र र स्वार्थ केन्द्रको रूपमा स्थापित हुने आशङ्का भएको अनेरास्ववियुले उल्लेख गरेको छ ।
अनेरास्ववियुले ९ जना प्राध्यापक माग गर्दै १ वैशाखमा प्रकाशित गरेको विज्ञापन खारेज गर्न र प्रचलित कानुन अनुसार अर्को विज्ञापन गर्न माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ बैशाख २०८१, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविद्वारा उपप्राध्यापक पदमा दरखास्त आह्वान
सल्टिएन त्रिविको समस्या : पदाधिकारी अझै कार्यकक्षबाहिरै
त्रिविद्वारा सरकारसँग सुरक्षा माग
पठनपाठन रोकिएपछि त्रिविमा इन्जिनियरिङका विद्यार्थीको प्रदर्शन
त्रिविमा नेविसंघको प्रदर्शन
त्रिविको उपकुलपतिमा दिपक अर्याल नियुक्त