काठमाडौँ । नेपाल प्रहरीका १३५ जना प्रहरी हवल्दारमा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरी हवल्दारमा बढुवा भएकाको सूची प्रकाशित गरेको हो ।
प्रहरीमा प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चार तर्फको ६५ जना प्रहरी हवल्दार र प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएपश्चात् रिक्त हुन आउने ७० प्रहरी हवल्दार गरी कुल रिक्त हुन आउने पद सङ्ख्याको पदपूर्ति गरिएको जनाइएको छ ।
प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उप-समूह, सञ्चारतर्फका प्रहरी सहायक हवल्दारलाई सोही समूह, उप–समूहतर्फको प्रहरी हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ बैशाख २०८१, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका २३ कर्मचारी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह
नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प २४ सै घण्टा खुला
प्रहरीका ७ एसपीको काज सरुवा
प्रहरीले खोजेर बुझायो दुई सय ५२ जनाका हराएका मोटरसाइकल
१६ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउँदै प्रहरी