काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने भएको छ ।
बालकुमारीमा बुधबार प्रचार प्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतको अध्यक्षतामा बसेको प्रचार प्रसार तथा प्रकाशन विभाग र सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको संयुक्त बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको आगामी महाधिवेशन एकताको महाधिवेशन हुने बताएका हुन् ।
जसपा विभिन्न राजनीतिक दल, घटक सङ्गठन, मोर्चा, आन्दोलन र अभियान मिलेर बनेको भन्दै अध्यक्ष यादवले एकता महाधिवेशनले सबैको भावना समेट्ने कुरा बताए । त्यस्तै अध्यक्ष यादवले महाधिवेशन केन्द्रित प्रचार प्रसारका सामग्रीहरु प्रचार, प्रसार र प्रशारण गर्दा एकताको भावना झल्कने गरी गर्न गराउन समेत निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ बैशाख २०८१, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै