काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । जेठ २८ देखि ३० गते हुने महाधिवेशनको तयारी थालिएको जसपा विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनको कार्य तालिका सार्वजनिक गरेसँगै महाधिवेशनको तयारीलाई तीव्रता दिएको बताए । उनले भने, ‘सङ्गठन विभागले सातै प्रदेश समितिबाट प्राप्त सङ्गठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख राख्ने काम गरिरहेको छ। पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले महाधिवेशनमा बोलाइने पाहुनालाई निम्तो दिने काम गरिरहेको छ ।’
महाधिवेशनस्थल जनकपुरधाममा हल, बासको प्रबन्ध मिलाउने लगायतका काम पनि भइरहेको बताए । महाधिवेशनको प्रचार प्रसारबारे छलफल गर्न प्रचार प्रसार तथा प्रकाशन विभाग र सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको संयुक्त बैठक बुधवार दिउँसो २ बजे बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ बैशाख २०८१, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै