काठमाडौँ । देशका विभिन्न स्थानमा अवैध लागु औषधसहित प्रहरीले १० जनालाई पक्राउ गरेको छ । दाङको गढवा गाउँपालिका-८ कोईलावासबाट अवैध लागु औषध चरेस जस्तो देखिने पदार्थ ६ किलो ८ सय २० ग्रामसहित घोराही उपमहानगरपलिका-१३ डुमरगाउँ बस्ने ४१ वर्षीया सुकमाया बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापाको कमल गाउँपालिका-५ बाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम र नगद २५ हजार रुपैयाँसहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय हिक्मत धिमाल, २७ वर्षीय सुदिप धिमाल, सोही गाउँपालिका-६ बस्ने २५ वर्षीय न्युसन राई र सोही नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । हिक्मतको घरमा लागु औषध बिक्री हुने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यता सुनसरीको इटहरी उपमहानगरपालिका-१२ शान्ति चोकबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलिग्रामसहित भारत बिहार राज्य अररिया कर्साकट्टा घर भई हाल मोरङ विराटनगर महानगरपालिका-१७ रानी बस्ने मोहमद ईब्रानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले विराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ ह ९६०७ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी चालक मोहमदलाई पक्राउ गरेको हो ।
यस्तै पर्साको वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागु औषधसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय सुगम श्रेष्ठ र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१४ बस्ने २८ वर्षीय दिनेश नेगी रहेका छन् । प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सुगमलाई नियन्त्रित लागु औषध फेनारगन ५ एम्पुल, डाइजेपाम ५ एम्पुल र नुर्फिन ५ एम्पुल तथा दिनेशलाई अवैध लागु औषध खैरौ हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ९० मिलिग्रामसहित पक्राउ गरेको हो ।
उता कैलालीको भजनी नगरपालिका-३ जस बहादुर घाटबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-३ अमैरी बस्ने २२ वर्षीय प्रदिप चौधरी र १९ वर्षीया अस्मिता शाही रहेका छन् । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ बैशाख २०८१, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २१ जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
युवकको मलद्वारमा फेला पर्यो ब्राउन सुगर
लागु औषधसहित एक युवक पक्राउ
लागु औषधसहित दुई पक्राउ
भारतबाट ई-रिक्सामा लागु औषध ल्याउँदै गरेका चालक पक्राउ