दमौली । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनलगायत विभिन्न कार्यक्रममा सरिक हुन राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ आइपुगेका छन् । उनले यहाँ गाउँपालिकाको प्रशासनिक भवनसहित व्यास नगरपालिका–११ तनहुँसुरमा निर्माण भएको खड्ककालिका मन्दिरको उद्घाटन गर्ने कार्यक्रम छ ।
राष्ट्रपति पौडेल पहिला तनहुँसुरस्थित मन्दिर उद्घाटन कार्यक्रममा सहभागी हुने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । खड्ककालिका मन्दिर उद्घाटनपश्चात् पौडेल म्याग्देको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए ।
व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर पुरातत्व विभागको सहयोगमा पुनर्निर्माण गरिएको हो । पुरातत्व विभागको आर्थिक सहयोगमा विसं २०७८ चैतदेखि पुनर्निर्माण सुरू भएको थियो ।
सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिर ५० लाख रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको हो ।
हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको हो । म्याग्दे गाउँपालिका–४ नारिंगेमा ६ करोड रुपैयाँ लागतमा भवन निर्माण गरिएको छ । उक्त भवन निर्माणको काम विसं २०७७ असोजदेखि सुरू भएको थियो ।
जिल्ला समन्वय समिति तनहुँको कोषमार्फत् प्राप्त भएको रकम र आन्तरिक स्रोतबाट भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०३ बैशाख २०८१, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन दोहामा
राष्ट्रपति पौडेलको कार्यभार उपराष्ट्रपति यादवलाई
राष्ट्रपति पौडेल सोमबार कतार भ्रमणमा जाँदै
कात्तिक १७ गते कतार भ्रमणमा जाँदै राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल गुहेश्वरी पुगेर छठ पूजामा सहभागी
राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण