काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनका लागि पार्टीको संगठित सदस्यता लगायत वैशाख ३ गतेभित्र संकलन गरिएका अभिलेख मात्रै मान्य हुनेसमेत निर्णय गरेको हो ।
कार्यतालिका अनुसार वैशाख १० गतेभित्र संगठन विभागले आवश्यकता अनुसार संगठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख तयार गर्नेछ । संगठित सदस्यतामा त्रुटि देखिएमा वैशाख १५ भित्र सच्याएर १६ गते संगठित सदस्यताको अभिलेख सार्वजनिक गरिने छ ।
वैशाख १७ देखि २० सम्म संगठित सदस्यतामाथि उजुरी गर्ने र २१ देखि २५ गतेभित्र उजुरीमाथि छानबिन गरिसक्ने समय तोकिएको छ । संगठित पार्टी सदस्यहरूको अन्तिम नामावली सहितको विवरण वैशाख २६ गते प्रकाशन गर्ने निर्णय भएको छ । वैशाख ३० गतेदेखि जेठ १० गतेभित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गरिसक्नुपर्ने तालिका सार्वजनिक गरिएको छ ।
त्यस्तै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्नको लागि प्रतिनिधि निर्वाचन सम्बन्धी निर्देशिका तयार गर्न तीन सदस्यीय समिति गठन भएको छ । समितिको सदस्यमा शिवलाल थापा र मनीषकुमार सुमन छन् ।
गत पुसमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी जेठ २७, २८ र २९ गते जनकपुरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ बैशाख २०८१, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता
एसपीलाई गालीगलौज गर्ने जसपा नेता यादव विरुद्ध पक्राउ पुर्जी जारी