काठमाडौँ । झन्डै एकसाता अघि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले ४० बुँदे माग राखेर काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको सोमबार मृत्यु भएको छ ।
राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको सोमबार बिहान उपचारको क्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
श्वासप्रश्वासको समस्याबाट पीडित डाँगी प्रहरीले चैत २७ गते गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने लगायत विभिन्न ४० बुँदे माग राखेर गरेको आन्दोलनमा आन्दोलनकारीलाई हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसको असरले डाँगीको स्वास्थ्य बिग्रिएको थियो ।
त्यसपछि अस्पताल भर्ना भएका डाँगीको निधन भएको हो । डाँगीको पार्थिव शरीरलाई आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने राप्रपाले जनाएको छ ।
 
                 
                     
                    
 
                     
                                                 
                                                 
                                                _20251024072916.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ बैशाख २०८१, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा कार्यसम्पादन समितिको बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन बैठक आह्वान
राप्रपा संस्थापन इतर पक्षको बैठक बस्दै
राप्रपाले भन्यो : ‘जेन जेड विद्रोहको बलिदानलाई निष्कर्षमा नपुर्याई सम्झौता गरिनु गम्भीर चूक’
जीएसआई प्रस्तावबारे राप्रपाले माग्यो प्रधानमन्त्रीको जवाफ