काठमाडौं। काठमाडौंको नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा कास्कीको पोखरा महानगरपालिका ४ बस्ने ३४ वर्षीय प्रज्ज्वल हराचन र काठमाडौं तारकेश्वर नगरपालिका १६ माछापोखरी बस्ने २१ वर्षीय सुलभ तामाङ छन् ।
उनीहरूलाई चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट १० ग्राम खैरोहेरोइनसहित शुक्रवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा प्र ०१-००६ ख ५२१७ नम्बरको बसमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० चैत्र २०८०, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ