कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संसदीय दलको नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको छ । पार्टी अध्यक्षलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष रन्जिता श्रेष्ठले चौधरीलाई तीन महिनाको लागि निलम्बन परेको पत्र सभामुख भीम भण्डारीलाई पठाएकी छन् ।
यसअघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन् । नाउपाले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा करिब टुङ्गो लागे पनि त्यसको नेतृत्वको विषयमा भने थप विवाद उत्पन्न हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० चैत्र २०८०, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नाउपामा पदाधिकारी नराख्ने रञ्जिता पक्षको बैठकको निर्णय
सत्तापक्षमा बस्न नाउपाले दियो संसद् सचिवालयमा निवेदन
नाउपाको अध्यक्ष रञ्जिता नै रहेको निर्वाचन आयोगको निर्णय
नाउपाको नेतृत्वमा भोलि कैलालीमा मोर्चाको सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने
झन्डै एक महिनासम्म पनि नाउपाका मन्त्रीको राजीनामा स्वीकृत भएन
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष