काठमाडौँ । निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै चुनाव चिन्ह समेत प्रदान गरेको छ ।
आयोगका अनुसार इलाम- २ को प्रतिनिधि सभा निर्वाचनमा एक स्वत्रन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि १९ उम्मेदवार कायम रहेका छन् । उम्मेदवार फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवार केशव कुमार चापागाईं रहेका छन् । आयोगले १९ जनाको अन्तिम नामावली प्रकाशन गरि निर्वाचन चिह्न समेत प्रदान गरिएको जनाएको छ ।
त्यसैगरी बझाङको प्रदेश सभा निर्वाचनमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएकोमा नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएपछि ११ जनाको अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ ।
बझाङको प्रदेश सभामा माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएर एमालेलाई सघाउने भनिएको भए पनि माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएको छैन । इलाममा भने माओवादी केन्द्रले एमाले उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ चैत्र २०८०, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना
निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन
निर्वाचन प्रयोजनका लागि ६८ दल दर्ता, आयोगमा दर्ता कायम दलको संख्या १३२ पुग्यो
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै