विराटनगर । नेकपा मओवादी संसदीय दल कोशीको बैठकले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बैठकपछि माओवादी संसदीय दलका नेता इन्द्र आङवोले आजै मन्त्रीहरुले राजीनामा दिने बताए । माओवादीका तर्फबाट सरकारमा ३ जना मन्त्री छन् ।
त्यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् । कोशीका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन आजै फिर्ता लिने दुई दलको तयारी छ ।
एमालेका प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिन हस्ताक्षर गरिसकेका छन् । माओवादी संसदीय दलको अहिले बैठक बसिरहेको छ । बैठक सम्पन्न भएसँगै हस्ताक्षर गरेर समर्थन फिर्ता गरेको जानकारी संयुक्त रुपमा संसद सचिवालयमा गराउने तयारी भएको छ ।
नेकपा माओवादी नेता तथा कोशी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईंले दुई दलबीच सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने सहमति भएको बताए ।
कार्की संविधानको धारा १६८ को उपधारा (५) अन्तर्गत कोशीको मुख्यमन्त्री बन्दा एमालेका ३९ प्रदेश सासंदले समर्थन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ चैत्र २०८०, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केरा खेती मासेर व्यावसायिक मकै खेती
बहुपहिचानका आधारमा कोशी प्रदेशको पुनः नामाकरण गर्न माओवादीको माग
कोशीमा माओवादीले लियो सरकारलाई दिएको समर्थन फिर्ता
कोशी प्रदेशमा चुनौती बन्दै डेङ्गी नियन्त्रण
कोशी सरकारबाट बाहिरियो माओवादी केन्द्र
कोशीमा एक वर्षमा नौ हजार बढी मुद्दा दर्ता